एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वामपन्थी सरकार बनाउने कुरा अलमल्याउने कुरा मात्रै भएको बताएका छन्।
सोमबार पार्टी केन्द्रीय कार्यालयमा भएको नवनिर्वाचित सांसदहरूलाई बधाई ज्ञापन कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन्।
उनले कसैको पनि बहुमत नआएकाले कस्तो सरकार बन्छ भन्ने आमचासाेको विषय भएको भन्दै अबको एक हप्तामा सरकार कस्तो बन्ने भन्ने थाहा हुने बताए।
नेता नेपालले भएकाको विश्वास गुमाउने र हुँदै नभएको विश्वास गरेर घर न घाटको हुने गल्ती आफूले नगर्ने पनि बताए। उनले आगामी सरकार गठबन्धनकै बन्ने आस गरेको पनि बताए।
अध्यक्ष नेपालले गठबन्धनका पार्टी र अरू नेताहरूमा अहंकार भए र उनीहरूलाई गठबन्धन नचाहिए त्यसको सामना गर्न पनि आफू तयार रहेको स्पष्ट पारे।