रामपुर क्याम्पसमा नेविसंघको २५ सदस्यीय नयाँ कार्यसमिति चयन

शनिबार, २ पुष, २०७९
डिजिटल संस्करण

कृषि र पशु विज्ञान अध्ययन संस्थान अन्तर्गत रामपुर क्याम्पस, चितवनमा नेपाल विधार्थी संघ (नेविसंघ )को नयाँ कार्यसमिति चयन भएको छ । इकाई अधिवेशनबाट २५ सदस्यीय कार्यसमिति चयन भएको हो ।

अधिवेशनबाट सभापतिमा आशिष देवकोटा निर्वाचित भएका छन् । यस्तै वरिष्ठ उपसभापतिमा विवेक अर्याल, उपसभापतिमा आशिका भुसाल, आरती चापागाईं, प्रतिक सुनुवार चयन भएका छन् । सचिवमा हिमाल साउदले जिम्मेवारी पाएका छन् ।

See More On

सुझावित समाचार