उमाकुण्ड फुटबल : आयोजक लिखुभुजीको विजयी सुरुवात

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण

पहिलो संस्करणको उमाकुण्ड फुटबल प्रतियोगिता सुरु भएको छ। शुक्रबार उमाकुण्ड– ७ भुजी खेल मैदानमा भएको उद्धघाटन खेलमा आयोजक टिम लिखुभुजी रामेछाप युवा क्लब ‘ए’ले युनाइटेड रस्नालु क्लबलाई ४–१ ले पराजित गरेको छ। 

गाउँपालिका अध्यक्ष शेरकुमार सुनुवारले उद्धघाटन गर्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गरे। शनिबार हुने दोस्रो खेलमा जिरी नगरपालिका र तामाकोसी दुरागाउँबीच प्रतिस्प्रर्धा हुने तालिका छ। त्यस्तै सोही दिन पाँच खेल हुनेछन्। 

सहभागी १६ टोलीलाई चार-चार  समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका दुई-दुई टोलीले क्वाटर फाइनलमा स्थान बनाउँने छन्। फाइनल खेल ८ पुसमा हुने लिखु भुजी रामेछाप युवा क्लबका सचिव सुदिप सुनुवारले जनाए। 

लिखु भुजी रामेछाप युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ट्रफीसहित नगद एक लाख ५० हजार पाउनेछन्। उपविजेताले नगद  एक लाखसहित मेडल  र प्रमाणपत्र प्राप्त गर्नेछन्। 

यसैगरी सेमीफाइनलमा पुग्ने दुई टोलीले जनही ४० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै क्वाटर फाइनलमा पुग्ने चार टोलीले जनही २० हजार प्राप्त गर्नेछन्।

सुझावित समाचार