सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण

काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका– ९ सिनामंगल कार्गो गेटअगाडि बा.५ख ५६२२ नम्बरको बसको ठक्करबाट काभ्रे घर भई सिनामंगल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको शुक्रबार बिहान मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए। दुर्घटनामा संलग्न बसचालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए।

See More On

सुझावित समाचार