यी लेहेंगाले देखाउँछ तपाईंलाई स्टाइलिस

शुक्रबार, १ पुष, २०७९
डिजिटल संस्करण

फेसन टिप्स

नेपाली बजारमा विभिन्न डिजाइनका लेहेंगा पाइन्छन् । बुटिक र डिजाइनअनुसार लेहेंगाका डिजाइन र मूल्य पनि फरक–फरक हुन्छन् । अहिले विशेष गरी सिल्क, जर्जेट र भेल्भेटका कपडा प्रयोग भएका लेहेंगा चल्तीमा छन् । महिलाहरू पार्टीमा साडीभन्दा लेहेंगा लगाएर जान थालेका छन् । बेहुलीले पनि लेहेंगा लगाउने फेसन आएको छ । फेसनेबल र आकर्षक हुने भएकाले हरेक उमेरसमूहका महिलाको रोजाइमा परेको छ, लेहेंगा । विवाह पार्टीमा नाच्दा, गाउँदा साडीमा भन्दा लेहेंगामा सहज हुन्छ । 

ब्राइडल लेहेंगा
नेपालमा ब्राइडल लेहेंगाका लागि भेल्भेटको कपडा प्रयोग गरिएको हुन्छ । यो विशेष गरी विवाह र अन्य पार्टीमा लगाइन्छ । भेल्भेट आफैँमा रोयल फ्याब्रिक हो । भेल्भेट कपडा चम्किलो हुन्छ । त्यसैले पनि लेहेंगा झनै आकर्षक देखिन्छ । 

प्रिन्टेड फ्याब्रिक लेहेंगा 
प्रिन्टेड फ्याब्रिक लेहेंगा पनि महिलाहरूको रोजाइमा पर्ने गरेको छ । विवाह पार्टी होस् वा समारोहमा, सधैँ लेहेंगा प्रिय बनेको छ । यसका लागि फ्याब्रिक कपडाको थान आउँछ । त्यसमा ब्लाउज, सल म्याच हुने गरी डिजाइन गरिन्छ ।

सिल्क लेहेंगा
सिल्क कपडा मुलायम हुन्छ । यसको मूल्य पनि अन्य लेहेंगाभन्दा अलि सस्तो पर्न आउँछ । आफ्नो बजेटअनुसारको डिजाइन र स्टाइलका लेहेंगा अर्डर गर्दा राम्रो हुन्छ । 

सुझावित समाचार