कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारको उच्च सम्मान

बिहिबार, २९ मंसिर, २०७९
डिजिटल संस्करण
कांग्रेस वरिष्ठ नेता पौडेललाई जापान सरकारको उच्च सम्मान

तस्बिर : काठमाडौंस्थित जापानी दूतावास

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलललाई जापान सरकारले सम्मानित गरेको छ। पौडेललाई सभामुखका रूपमा रहँदा खेलेको भूमिकाको उच्च सम्मान गर्दै जापान सरकारले ‘ग्रान्ड कोर्डन : द अर्डर अफ द राइजिङ सन’ विभूषणबाट सम्मान गरेको हो।

विभूषण बिहीबार काठमाडौंस्थित जापानी राजदूतावासमा आयोजित एक कार्यक्रमका बीच राजदूत किकुता यसताकाले प्रदान गरेका हुन्।

जापान सरकारले २० अप्रिल २०२० मा नै अवार्ड घोषणा गरे पनि कोरोना महामारीका कारण वितरण हुन सकेको थिएन।

जापानी दूतावासका अनुसार पौडेललाई सभामुख हुँदा नेपाल–जापान सम्बन्ध बलियो बनाउन भूमिका खेलेबापत सम्मान गरिएको हो।

पौडेलले सभामुख रहँदा सन् १९९९ मा नेपाल– जापान संसदीय मैत्री संघ स्थापना गर्न भूमिका खेलेका थिए। यो सम्मान विदेशी नागरिकलाई जापान सरकारले प्रदान गर्ने उच्च तहको सम्मान हो।

सुझावित समाचार