ताइवानको पूर्वी तटमा बिहीबार ६.२ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पपछि धेरै पराकम्प गएको टापुको मौसम विभागले जनाएको छ।
बिहीबार मध्याह्नमा ह्वालियन काउन्टीको तटबाट झन्डै ३० किलोमिटर टाढा ६ किलोमिटर गहिराइमा केन्द्रबिन्दु रहेको जनाइएको छ।
अमेरिकी भौगर्भिक सर्वेक्षणले संस्थाले यो भूकम्प ५.९ म्याग्निच्युडको भएको र १२ किलोमिटर गहिराइमा रहेको जनाइएको छ। क्षति वा हताहतको तत्काल कुनै समाचार प्राप्त भएको छैन्।
ताइवानमा भूकम्पको धक्का धेरै कम महसुस गरिएको मौसम विभागको भूकम्प विज्ञान केन्द्रका प्रमुख चेन कुओ–चाङले पत्रकारहरूलाई जानकारी दिए। ‘अहिलेसम्म आठवटा पराकम्प गएको छ र हामीले आगामी तीन दिनमा थप परकम्प आउने अनुमान गरेका छौँ,’ ताइपेईमा चाङले भने।
ताइवानको सबवे र रेलवे अधिकारीहरूले दुवै रेलहरू कम गतिमा चलिरहेको, तर सेवाहरू रोकिएको छैन। दुई टेक्टोनिक प्लेटको जंक्सननजिकै रहेको टापुको कारण ताइवानमा नियमित भूकम्प जान्छ।
गत सेप्टेम्बरमा ताइवानको पूर्वी तटमा ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो। यसमा परी एक व्यक्तिको ज्यान गएको र केही भवन ढलेका थिए।