- नेपालका अधिकांश सडकमा साइकल लेन नभएकाले थप सुरक्षित हुनुपर्ने हुन्छ ।
- साइकल लेन भएको सडकमा लेनको प्रयोग गर्ने ।
- साइकल लेन नभएको ठाउँमा सडकको देब्रेपट्टि साइकल चलाउने ।
- रातको समयमा अनिवार्य साइकलको बत्ती बाल्ने ।
- रातको समय साइकल चलाउँदा टल्किने लुगा लगाउने ।
- साइकल चलाउँदा हेल्मेटको अनिवार्य प्रयोग गर्ने
- सडक (चोक)को क्रसिङमा ट्राफिक संकेतअनुसार चलाउने ।
- ट्राफिक संकेत नभएको चोकमा सजगभएर चलाउने ।
- साइकलयात्रीलाई सवारीचालकको जस्तै नियम लाग्दछ ।
- दायाँ र बायाँ मोडिनुपर्दा हातले इसारा गर्ने ।
- साइकल चलाउँदा सकेसम्म हेडफोनको प्रयोग नगर्ने । हेडफोन प्रयोग गर्दा अन्य सवारीले दिएको हर्न सुनिदैन ।
- मादक पदार्थ सेवन गरी साइकल चलाउनु हुँदैन ।
- साइकल लेन नभएको ठाउँमा सकेसम्म बालबालिकालाई साइकल प्रयोग नगराऊँ ।
- नेपालका सडक सवारीको आवश्यकतालाई ध्यान दिई निर्माण गरिएका छन् । त्यसैले साइकलयात्री थप सुरक्षित हुन पूर्ण रूपमा नियम पालना गर्ने ।
- राजमार्गमा साइकलको प्रयोग थप असुरक्षित हुन्छ, थप सजग हुनुपर्छ ।