राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर दुष्प्रचार गरिएको बताएका छन्। बुधबार संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले संघीय संसद् सचिवालयका कर्मचारीहरूले आफूलाई संघीय संसद् सचिवालयमा नै कैद गरियो भन्नेजस्ता भ्रम प्रचार गरिरहेको भन्दै त्यसो नगर्न आग्रह गरे।
उनले प्रदेशमा पठाउँदा नजाने र केन्द्रमै राख्दा कैद गरियो भन्नेजस्ता प्रचारबाजी गरेर संसद्को गरिमामा आँच आउने काम नगर्न आग्रह गरे। अध्यक्ष तिमिल्सिनाले संघीय निजामती ऐनलाई छाता ऐन भनेर प्रचार गरी अघि बढ्दा संघीय निजामती ऐन प्रभावकारी बन्न नसक्ने जिकिर गरे।
उनले निजामती सेवा ऐन राजनीतिक दलहरू र मन्त्रीहरूले मात्रै नरोकेको बताउँदै निजामती सेवा ऐन सेवाभित्रका विशिष्ट अधिकृतहरूका आफ्ना खालका स्वार्थहरूका कारण निजामती सेवा ऐन रोकिएको दाबी गरे।