सेमिफाइनल भिडन्त : अर्जेन्टिना २–० ले अघि, पहिलो हाफमा क्रोएसिया निराश

बुधबार, २८ मंसिर, २०७९
डिजिटल संस्करण

क्रोएसियासँगको सेमिफाइनल खेलिरहेको अर्जेन्टिनाले पहिलो हाफमा २–० गोलको अग्रता लिएको छ । 

कतारको लुसेल रंगशालामा जारी खेलमा अर्जेन्टिनाले ३४औँ मिनेटमा पेनाल्टीबाट अग्रता लिएको हो । पेनाल्टीमा प्राप्त मौकालाई कप्तान लियोनल मेसीले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई १–० ले अघि बढाए । 

पाँच मिनेटभित्रै ३९औँ मिनेटमा जुलियन अल्भारेजले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । क्रोएसियाले प्राप्त गरेको फ्रिकिक सटिक हुन नसक्दा प्राप्त गरेको बल लिएर मेसी अघि बढेका थिए । 

उनले पास दिएको बल करिब मध्यभागबाट एक्लै अघि बढाएका अल्भारेजले उत्कृष्ट गोल गरे । त्यसअघि डिबक्समा अल्भारेजमाथि नै क्रोएसियाका गोलकिपरले फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी प्रहार गर्ने मौका पाएको थियो । 

सुझावित समाचार