युक्रेनले ‘नयाँ वास्तविकता’ स्विकार्नुपर्छ : क्रेमलिन

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

आफूले कब्जा गरेको क्षेत्रलाई किभले मान्यता नदिए युक्रेन द्वन्द्वको समाधानमा कुनै प्रगति हुन नसक्ने क्रेमलिनले जनाएको छ । 
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको यो क्रिसमसमा रुसले सेना फिर्ता गर्छ भनिदिएको अभिव्यक्तिलाई गलत साबित गरेका छन् । 

उनले युक्रेनले धरातलीय यथार्थलाई स्विकार्नुपर्ने बताएका छन् । उनका अनुसार रुसी संघमा गाभिएका नयाँ क्षेत्रलाई युक्रेनले स्विकार्नुपर्ने, अन्यथा वार्तामा कुनै प्रगति हुनेछैन । 

मस्कोले युक्रेनका डोनेत्स्क, लुहान्स्क, जापोरिज्जिया र खेर्सन आफूले कब्जा गरेको दाबी गरेको छ ।  नोभेम्बरमा मस्को मुख्य सहर खेरसनबाट बाहिर निस्के पनि खेरसनको अधिकांश भाग नियन्त्रणमै राखेको छ । एजेन्सी

सुझावित समाचार