आइएमई–पेको सिइओमा प्रवीण रेग्मी नियुक्त

मंगलबार, २७ मंसिर, २०७९
डिजिटल संस्करण

आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई- पे)को प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा प्रवीण रेग्मी नियुक्त भएका छन्।

इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा स्नातक एवं बिजनेस एड्मिनिस्ट्रेसनमा स्नाकोत्तर रेग्मीसँग विभिन्न बैंक तथा वित्तीय संस्थामा डेढ दशकभन्दा बढीको कार्यानुभव छ। पेमेन्ट सिस्टम, बैंकिङ, टेक्नोलोजी र टेलिकमका क्षेत्रमा विशेष दख्खल राख्ने रेग्मीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट डिजिटल भुक्तानीसँग सम्बन्धित सैद्धान्तिक एवं प्रयोगात्मक तालिम प्राप्त गरेका छन्।

सुझावित समाचार