स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको ३६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । अंग्रेजी आर्थिक वर्ष सन् २०२१/२२ मा स्ट्यान्डर्ड चार्टर्डले सञ्चालन मुनाफा र खुद मुनाफा क्रमशः ३ अर्ब २४ करोड रुपैयाँ र दुई अर्ब २६ करोड रुपैयाँ आर्जन गरेको छ ।
आर्थिक वर्ष २०२१/२२ को अन्त्यमा बैंकले जोखिम व्यवस्थापनतर्फ ९१ अर्ब रुपैयाँ पुर्याउन गत वर्षको तुलनामा २४.८ प्रतिशतको बढोत्तरी हासिल गरेको छ । यसैगरी, बचत ९१ बिलियन पुर्याउन निक्षेपमा ६.२ प्रतिशतको वृद्धिदर हासिल गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम साधारणसभाबाट आर्थिक वर्ष २०२१/२२ का लागि सेयरधनीलाई चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ ।