काठमाडौं विश्वविद्यालय (केयू)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेश सभाको चुनावी परिणाम र अबको राजनीतिक दिशाबारे समीक्षात्मक छलफल गरेको छ । विश्वविद्यालयअन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र (केयू–एनसिसिएस)ले बिहीबार राजनीतिशास्त्री, अर्थशास्त्री, समाजशास्त्रीलगायत विज्ञहरूसँग निर्वाचनको परिणामले दिन खोजेको संकेत र देशले लिने भावी दिशाबारे बहस गरेको हो ।
छलफलका क्रममा विज्ञहरूले चुनावी परिणामबारे आ–आफ्नै तर्क र विचार व्यक्त गरे । उपकुलपति डा. भोला थापाले सबैलाई राजनीति चाहिने भए पनि विश्वविद्यालय भने यसबाट टाढा रहनुपर्ने बताए । उनले समाज र राजनीतिबारे नै चर्चा गर्ने वातावरण उपलब्ध गराउन नै हिच्किचाउने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए ।
‘युवाहरू अध्ययनका लागि भनेर किन विदेशका संस्था रोज्छन् होला भनेर खोतल्दा शिक्षाको गुणस्तरसँगै रोजगारीका कुरा पनि जोडिएका छन्, रोजगारीका अवसरमा पनि उनीहरूको चासो देखिएको छ,’ उनले भने, ‘चुनाव पछिको नेपालको राजनितीले युवाका अपेक्षालाई सम्बोधन गर्न सक्नुपर्छ ।’
केयू–एनसिसिएसका मानार्थ अध्यक्ष प्रा. लोकराज बरालले अबको राजनीतिले लय पक्रनुपर्ने बताउँदै देशलाई स्थायित्व दिन दलहरू जुट्नुपर्ने बताए । छलफलमा प्रा.डा. अच्युत वाग्ले, प्रा. कृष्ण खनाल, प्रा. कृष्ण हाछेथू, डा. मीना पौडेल, मधेसविद् तुलानारायण शाह, प्रा. लवदेव अवस्थी, ई. सिके लाल, प्रा. महेश बास्कोटा, प्रा. सागरराज शर्मालगायत सहभागी थिए ।
केयूमा राजनीतिक दिशाबारे समीक्षा
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
४ हप्ता अघि
सुझावित समाचार
एआइजी दाहाललाई सेवाबाट हटाउने निर्णय
काठमाडौं -आचरणको गम्भीर उल्लंघन गरेको अभियोगमा गृह मन्त्रालयले सशस्त्र प्रहरीका एआइजी बंशीराज दाहाललाई सेवाबाट हटाउने निर्णय गर…
कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र दरबन्दीमा फिर्ता हुन निर्देशन
काठमाडौं । पिएसओको नाममा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिविपरीत खटिएका सुरक्षाकर्मीलाई एक साताभित्र…
पर्यटकको आवरणमा धर्म प्रचार गरेको आरोपमा २४ कोरियाली पक्राउ
विराटनगर । भिजिट भिसामा नेपाल आएर कानुनविपरीत धर्म प्रचारमा संलग्न भएको आरोपमा मोरङ प्रहरीले २४ दक्षिणी कोरियाली नागरिकलाई न…
राष्ट्रपतिद्वारा विपतसम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विपतसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। मन्त्रिपरिषद्क…
दसैँअघि नै उखु किसानलाई भुक्तानी दिन मन्त्री चौधरीको निर्देशन
काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दसैँअघि नै उखु किसानलाई अनुदान रकम भुक्तानी गर्न निर्देशन दिएकी छिन्। …
तीन जिल्लाका सिडिओ फेरिए, कपिलवस्तुमा ज्ञवाली, उदयपुरमा शाही
काठमाडौं । गृह मन्त्रालयले तीन जिल्लामा नयाँ सिडिओ खटाएको छ। कपिलवस्तुमा तोयनारायण सुवेदी, उदयपुरमा कृष्णबहादुर शाही र अर्घाख…