मेखलाल तामाङ बने आइएमईको बम्पर उपहार विजेता

बिहिबार, २२ मंसिर, २०७९
डिजिटल संस्करण

आइएमईले दसैँ, तिहार, छठ र नेपाल संवत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको अन्तिम नतिजा सार्वजनिक गरेको छ। ‘आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक उक्त अफरको विजेता मेखलाल तामाङ बनेका छन्।

मलेसियाबाट आइएमईमार्फत १४ हजार ५० रुपैयाँ पठाएका तामाङले नगद १० लाख रुपैयाँ उपहारस्वरूप प्राप्त गरेका छन्। बुधबार पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र आइएमईका ब्रान्ड एम्बासडर दीपकराज गिरीले संयुक्त रूपमा सफ्टवेयर पद्धतिमा आधारित लक्की ड्रमार्फत नतिजा सार्वजनिक गरेका हुन्।

अफरअनुसार विदेशबाट आइएमईमार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरूमध्ये दैनिक एकजनालाई सामसुङ मोबाइल, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने दुईजनालाई जनही २५ हजार रुपैयाँ उपहारस्वरूप प्रदान गरिएको कम्पनीले जनाएको छ। त्यस्तै अफर अवधिमा एकजना भाग्यशाली विजेतालाई बुधबार १० लाख रुपैयाँ उपहारस्वरूप प्रदान गरिएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पौडेलले आइएमईले समयसमयमा ल्याउँदै आएको सेवाग्राहीमुखी अफरले नेपालमा रेमिट्यान्स आप्रवाह बढाउन महत्वपूर्ण भूमिका खेलेको दाबी गरे। आइएमई सबैको माया र विश्वास प्राप्त ब्रान्ड भएको उल्लेख गर्दै उनले कम्पनीलाई पब्लिकमा लैजाने प्रक्रिया सुरु भएको जानकारी गराए।

See More On

सुझावित समाचार