जन्तेभतेर खाएका ४५ जना एकैपटक बिरामी परेका छन् । बिरामी परेकामा ३६ जन्ती छन् भने अन्य ९ जना छन् ।
प्युठान नगरपालिका– ६ माझकोट गुरुङगाउँबाट पाल्पाको बुरखुट्टा जन्ती गएकाहरू बिरामी परेका हुन् । उनीहरूले शनिबार बेलुका जन्तेभतेर खाएका थिए । आइतबार फर्किने क्रममा उनीहरूमा समस्या देखिन थालेको थियो ।
प्युठान नगरपालिका– ६ का वडाध्यक्ष नरेन्द्र पुनमगरले शनिबार बेलुका पुलाउ खाएकाहरू बिरामी परेको बताए ।
जन्ती गएका रुपेश गुरुङले अधिकांशमा बान्ता हुने, टाउको दुख्ने समस्या देखिएको बताए । उनीहरू पाल्पाको बुरखुट्टामा जन्त गएका थिए । बिरामी सबैलाई जिल्ला अस्पताल प्युठानमा ल्याउने तयारी भएको वडाध्यक्ष पुनमगरले बताए ।