कोइला खानी विस्फोट, ६ श्रमिकको ज्यान गयो

आइतबार, १८ मंसिर, २०७९
डिजिटल संस्करण

पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको हरनाई जिल्लामा रहेको एक कोइला खानीमा ग्यास विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ।  

खानीमा फसेका उनीहरूको निसास्सिएर मृत्यु भएको हो। शनिबार जिल्लाको शाहराग कोइला खानीभित्र ६ जना श्रमिकले काम गरिरहेका वेला खानीमा विस्फोट हुँदा कोइलाको केही भाग भत्किएको बताइएको छ। 

अधिकारीहरूका अनुसार खानीभित्र करिब एक हजार ५०० फिट गहिराइमा ग्यास विस्फोट भएपछि आगलागी भएको र श्रमिकहरू खानीमा फसेका थिए। 

स्थानीय सञ्चारमाध्यमका अनुसार त्यस क्षेत्रका कामदार र उद्धार टोली तत्काल घटनास्थलमा पुगेका थिए र उद्धार कार्य सुरु गरेका थिए। 

पाकिस्तानमा रहेका कोइला कम्पनीहरूले आवश्यक सावधानीसहित खानी सञ्चालन नगर्दा वर्षेनी सयौँ मजदुरको दुर्घटनामा मृत्यु हुने गरेका छ । रासस

सुझावित समाचार