खसेको १४७ मत नभेटिएपछि दोलखा (ख) मा गणना स्थगित

शुक्रबार, १६ मंसिर, २०७९
डिजिटल संस्करण
खसेको १४७ मत नभेटिएपछि दोलखा (ख) मा गणना स्थगित

फाइल तस्बिर

दोलखाको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा मतगणना स्थगित भएको छ। मतपेटिकामा खसेकोमध्ये एक सय ४७ मत नभेटिएपछि गणना स्थगित गरिएको हो।

अहिले सुरक्षा निकायका प्रमुख र मुख्य निर्वाचन अधिकृतको टोली छलफलमा बसिरहेको छ। उक्त छलफलपछि सर्वदलीय बैठक बोलाउने तयारी भएको बताइएको छ।

यसअघि ४ मंसिरमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनका कार्यकर्ताले बुथ क्याप्चर गरेको आरोप लगाउँदै एमालेले उजुरी गरेको थियो। निर्वाचन आयोगले आवश्यक अध्ययन गरी १० मतदान केन्द्रमा पुनः मतदान गराउन गरेको निर्णयअनुसार बिहीबार पुनः मतदान भएको हो।

See More On

सुझावित समाचार