खाणले राउतलाई भने- तपाईंको नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्छ

बिहिबार, १५ मंसिर, २०७९
डिजिटल संस्करण

गृहमन्त्री बालकृष्ण खाण र जनमत पार्टीका अध्यक्ष सिके राउतबीच भेटवार्ता भएको छ। 

गृहमन्त्रीको सरकारीनिवास पुल्चोकमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक अवस्थाबारे कुराकानी भएको छ। 
गृहमन्त्री खाणले सप्तरी २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा राउतलाई बधाई दिएका थिए। 
 
दुई नेताबीच मुलुकमा शान्ति, सुशासन र स्थिरतामा कसरी ल्याउन सकिन्छ भन्नेबारे कुराकानी भएको बताइएको छ। भेटका क्रममा गृहमन्त्री खाणले राउतको नयाँ सोच, नयाँ विचार मुलुकको विकासमा उपयोग गर्नुपर्ने बताए। 

सुझावित समाचार