टोंगा विस्फोटपछि किन तातो हुँदै छ ग्रह ?

टोंगाको लाखौँ टन आद्रता अब स्ट्रेटोस्फियरमा बगिरहेको छ । यसबाट पृथ्वीको सतह तातो हुनेछ ।

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

प्रशान्त महासागरको टोंगानजिक पानीभित्र ज्वालामुखी फुटेको करिब एक वर्ष भइसकेको छ । यो प्रचण्ड विस्फोटले हाम्रो ग्रह तात्न सक्ने वैज्ञानिकहरूले पत्ता लगाएका छन् । अनुसन्धानकर्ताका अनुसार हंगा टोंगा हंगा हापाई ज्वालामुखी विस्फोटमार्फत ग्यास र खरानी बाहिर आउनुका साथै वायुमण्डलमा ४.५ करोड मेट्रिक टन जलको बाफ फैलियो । यति धेरै मात्रामा फैलिएको बाफको दोस्रो तहले स्ट्रेटोस्फियरमा पाँच प्रतिशतसम्म आद्र्रता बढाएको छ । 

धर्तीबाट १० देखि ५० किलोमिटरमाथि वायुमण्डलको तहलाई स्ट्रेटोस्फियर भनिन्छ । बाफबाट स्ट्रेटोस्फियर चिसो र सतह तात्ने चक्र सुरु हुन्छ । यी प्रभाव आगामी दिनमा पनि बनिरहन सक्छ । यसकारण पनि टोंगा विस्फोटलाई अन्य सामान्य घटनाभन्दा भिन्न मानिएको छ । टोंगा विस्फोट गत जनवरी १३ मा सुरु भएको थियो भने दुई दिनपछि चरमोत्कर्षमा पुगेको थियो । पृथ्वीमा कैयौँ दशकमा देखिएको यो शक्तिशाली विस्फोट हो । 

अमेरिका र नेसन ओसनिक एन्ड एट्मस्फेरिक एडमिनिस्ट्रेसनका अनुसार उक्त विस्फोट २६० किलोमिटरसम्म फैलिएको थियो । यसले खरानी, बाफ र ग्यासको स्तम्भलाई हावामा २० किलोमिटरमाथिसम्म पठाएको थियो । 

साइन्स पत्रिकामा प्रकाशित नयाँ अध्ययनअनुसार टोंगा विस्फोटको २४ घन्टाभित्र बाफको खम्बा वायुमण्डलमा २८ किलोमिटरमाथिसम्म फैलिएको थियो । अनुसन्धानकर्ताले उपकरणको सहयोगमार्फत यसलाई पानीको मात्राका रूपमा विश्लेषण गरे । यी उपकरण मौसको बेलुनसँग जोडिएका थिए र यिनलाई ज्वालामुखीय धुवाँमा पठाइएको थियो । वायुमण्डलमा यी उपकरणले सेन्स तापमान, वायु दबाब र सापेक्ष आद्र्रता मापन गर्छन् । वायुमण्डलीय जलवाष्प र विकिरणलाई अवशोषित गर्छ र पुनः यसलाई गर्मीका रूपमा उत्सर्जित गर्छ । 

टोंगाको लाखौँ टन आद्र्रता अब स्ट्रेटोस्फियरमा बगिरहेको छ । यसबाट पृथ्वीको सतह तातो हुनेछ । तर, कति तातो हुन्छ भन्ने अझै यकिन छैन । कारण, बाफ अन्य ज्वालामुखीय एरोसेल कणको तुलनामा हल्का हुन्छ । साथै, गुरुत्वाकर्षणको आकर्षणद्वारा कम प्रभावित हुन्छ । यसकारण यो तातो प्रभाव घट्न समय लाग्नेछ । 

टोंगाको लाखौँ टन आद्र्रता अब स्ट्रेटोस्फियरमा बगिरहेको छ । यसबाट पृथ्वीको सतह तातो हुनेछ । तर, कति तातो हुन्छ भन्ने अझै यकिन छैन । कारण, बाफ अन्य ज्वालामुखीय एरोसेल कणको तुलनामा हल्का हुन्छ । साथै, गुरुत्वाकर्षणको आकर्षणद्वारा कम प्रभावित हुन्छ । यसकारण यो तातो प्रभाव घट्न समय लाग्नेछ । 

टोंगा विस्फोटमाथिको पूर्वअध्ययनमा भनिएको थियो, विस्फोटबाट निस्किएको बाफले ओलम्पिक साइजको ५८ हजारवटा स्विमिङ पुल भर्न सक्ने सम्भावना थियो । । वायुमण्डलीय आद्र्रताको यो विशाल मात्राले पृथ्वीको वजन तहलाई पनि कमजोर बनाउन सक्ने बताइएको छ । 

चिसो पार्ने शक्ति : ठूलो ज्वालामुखी विस्फोटले आमरूपमा हाम्रो ग्रहलाई चिसो बनाउने काम गर्छ । यस्तो विस्फोटबाट निस्कने सल्फरडाइअक्साइड पृथ्वीको वायुमण्डलको उपल्लो तहमा पुगी सौर्य विकिरणलाई अवरुद्ध पार्छ । र, यसले ग्रहको तापमान कम हुन थाल्दछ । तर, टोंगा विषयमा ठीक उल्टो भइरहेको छ । 

विस्फोट २६० किलोमिटरसम्म फैलिएको थियो । यसले खरानी, बाफ र ग्यासको स्तम्भलाई हावामा २० किलोमिटरमाथिसम्म पठाएको थियो । 
 

अमेरिकाको नेसनल साइन्स फाउन्डेसनका अनुसार ज्वालामुखी विस्फोटबाट निस्केको चट्टान र खरानीको कणले पनि सूर्यको प्रकाशलाई रोकेर ग्रहलाई अस्थायी रूपमा चिसो बनाउने काम गर्छन् । यसरी पृथ्वीको अतीतमा व्यापक र उग्र ज्वालामुखीय गतिविधिले विश्वको जलवायु परिवर्तनमा योगदान गरेको हुन्छ । लाखौँ वर्ष पहिले ठूलो मात्रामा जीवजन्तु लोप हुने सुरुवात यही जलवायु परिवर्तनले भएको हुन सक्छ । 

हालको विस्फोटनले ग्रहलाई चिसो पार्ने ज्वालामुखीको शक्ति देखाएको छ । सन् १९९१ मा फिलिपिन्सको माउन्ट पिनाटुबो विस्फोटबाट निस्किएको एरोसेल कणले कम्तीमा एक वर्षका लागि विश्वको तापमानलाई झन्डै ०.५ डिग्री सेल्सियस कम गरेको थियो । 

टोंगा विस्फोटले ४० हजार मेट्रिक टन सल्फरडाइअक्साइड छोड्यो, जुन सन् १९९१ को विस्फोटताका माउन्ट पिनाटुबोद्वारा छोडिएको ग्यासको मात्राको झन्डै दुई प्रतिशत थियो । तर, पिनाटुबो र जमिनमा हुने ठूला ज्वालामुखी विस्फोटविपरीत टोंगा समुद्रभित्र फुट्यो । त्यसले बाफका स्तम्भ बने । अब यो बाफ सबैको चिन्ताको विषय बनेको छ । 

सुझावित समाचार