मकवानपुरका नवनिर्वाचित सांसदले प्रमाणपत्र बुझे

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा तथा प्रदेश सभामा मकवानपुरबाट निर्वाचित सदस्यहरूले आज  प्रमाणपत्र बुझेका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले एक औपचारिक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेको हो।

कार्यक्रममा मुख्य निर्वाचान अधिकृत ऋषिराम निरौला र सहायक निर्वाचन अधिकृत मुकुन्दाहरि पौडेलले प्रमाणपत्र हस्तान्तरण गरे। प्रतिनिधिसभातर्फ मकवानपुर १ बाट राप्रपाका दीपकबहादुर सिंह र मकवानपुर २ बाट एमालेका महेशकुमार बर्तौला निर्वाचित भएका छन् । 

यसैगरी, प्रदेश सभातर्फ मकवानपुर १(१) बाट माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु र मकवानपुर १ (२) बाट एमालेका एकलाल श्रेष्ठ तथा मकवानपुर–२ (१) बाट माओवादी केन्द्रकी कुमारी मोक्तान र मकवानपुर २ (२) बाट कांग्रेसका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्।

सुझावित समाचार