‘पावर सेयरिङ’कोे कसरत तीव्र, प्रचण्ड र नेपालसँग प्रधानमन्त्रीको छुट्टाछुट्टै भेट

सोमबार, १२ मंसिर, २०७९
डिजिटल संस्करण

सत्तागठबन्धनमा रहेका दलहरूले भावी सरकार गठनको कसर सुरु गरेका छन् । यसक्रममा सत्तारूढ दलका नेताका शीर्ष नेताहरूबीच भेटवार्ता सुरु भएको छ । 
प्रधानमन्त्री शेरबहादुर देउवासँग आज बिहान माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले छुट्टाछुट्टै भेटे गरेका छन् । 

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री र प्रचण्डबीच आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा छलफल भएको थियो । प्रचण्डपछि देउवाले आजै नेपालसँग पनि छलफल गरेका छन् । 

दुवै भेटवार्ता निर्वाचनको समीक्षा र आगामी सत्ता सहकार्यका विषयमा केन्द्रित रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेताहरूबीच गठबन्धनका शीर्ष नेताको बैठक चाँडै बोलाउन समझदारी भएको छ । 

नयाँ सरकारसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश सरकारहरूको नेतृत्व कुन–कुन दलले गर्ने भन्ने समग्र सहमति कायम गरी वर्तमान सत्तागठबन्धनलाई निरन्तरता दिन शीर्ष नेताहरू सहमत रहेको सचिवालयको भनाइ छ । 

सुझावित समाचार