गृहमन्त्री बालकृष्ण खाणलाई २५०० मतान्तरले पछि पार्दै राप्रपाका वरिष्ठ नेता दीपक बोहोराले आफ्नो अग्रतालाई कायम राखेका छन्।
रुपन्देही क्षेत्र नं ३ मा जनमुक्ती पार्टीको सर्मथनसहित सत्तागठबन्धनका उम्मेदवार बालकृष्ण खाणले ३२ ह्जार ६ मत प्राप्त गर्दा एमाले, राप्रपा र जसपा गठबन्धनका साझा उम्मेदवार राप्रपाका बोहोराले ३४ हजार ७० मत प्राप्त गरेका छन्।
अब सियारी गाउँपालिकाको वडा नं २,३ र ६ को ३५०० मत गणना गर्न बाँकी छ।