सिराहा ३ मा एमालेका पूर्वमन्त्री श्रेष्ठ विजयी

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

सिरहामा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र ३ मा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्व कानूनमन्त्री लीलानाथ श्रेष्ठ विजयी भएका छन्।

पूर्वमन्त्री श्रेष्ठ २८ हजार ६४ मत ल्याएर विजयी हुँदा उनका निकतटम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्वमन्त्री विश्वनाथ साहले २८ हजार ८८२ मत ल्याए। त्यसैगरी जनमत पार्टीका दिनेशकुमार यादवले ११ हजार १४६ र राप्रपाका गोर्वद्धनदास तत्माले एक हजार २५९ मत ल्याए।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठले २०७४ सालको निर्वाचनमा तत्कालिन संघीय समाजवादी फोरमका अशेश्वरप्रसाद यादवलाई पराजित गरेका थिए।

See More On

सुझावित समाचार