रुपन्देही क्षेत्र नं १ मा एमालेका उम्मेदवार छबिलाल बिश्वकर्माले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणामा अनुसार छबिलाल बिश्वकर्माले १६ हजार एक सय ९० मात प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार धनश्याम भुसालले १३ हजार ४ सय ४८ मत प्राप्त गरेका छन् ।
स्वतन्त्र उम्मेदवार भुसाल भन्दा उमालेका विश्वकर्मा २ हजार ७ सय ४२ मतले अगाडि छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार नरेश पछाईले ८ हजार ७ सय ५५ मत प्राप्त गरेका छन् ।
रेशम चौधरीको उन्मुक्ती पार्टीका धनिराम चौधरीले ८ हजार ७ सय १३ मत प्राप्त गरेका छन् । कैलाश गुरुङ्गको स्पिकर चुनाव चिन्हमा ४ हजार १४ मत खसेको छ ।
२०७४ को निर्वाचनमा बिश्वकर्माका बिश्वासपात्र टिकाराम चापागाईले २ हजार ३ सय ३१ मत प्राप्त गरेका छन् । क्षेत्र नं १ मा ९५ हजार ९ सय ८७ मत खसेकोमा ६६ हजार ७ सय ७३ गणना भैसकेको छ ।