विराटनगरका पूर्वमेयर पराजुली प्रदेश सभामा निर्वाचित

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

काँग्रेसका केन्द्रिय सदस्य भीम पराजुली प्रदेश  सभा सदस्यमा निर्वाचित भएका छन् । मोरङ ४ (२) बाट चुनावी प्रतिस्पर्धा गरेका पराजुली एमालेका जिवन घिमिरेलाई पराजित गर्दै प्रदेश सभा सदस्यमा विजयी भएका हुन् । 

विजयी उम्मेदवार पराजुलीले ११ हजार ४७९ मत प्राप्त गरेका छन् । निकटतम प्रतिस्पर्धी एमालेका घिमिरेले ९ हजार ६११ मत प्राप्त गरे । यसैगरी राप्रपाका माधवप्रसाद आचार्यले ६ हजार ९ सय ३५ मत पाएका छन् । काँग्रेसबाट विजयी पराजुली विराटनगर महानगरपालिकाको निर्वतमान प्रमुख पनि हुन् । 
 

सुझावित समाचार