मधेश प्रदेशका कानुनमन्त्री यादव विजयी

शुक्रबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

मधेश प्रदेशका कानुन न्याय तथा प्रदेश सभामामिलामन्त्री प्रमोदकुमार यादव सिरहा ३ (२) बाट निर्वाचित भएका छन् । उनी नौ हजार ९७६ मतसहित विजयी भएका हुन् । 
निकटतम प्रतिस्पर्धी कांग्रेसका संजयप्रकाश यादवले आठ हजार १४ मत पाए । यस्तै, जनता समाजवादी नेपालकी रेणुकुमारी यादवले ६ हजार ७७९, जनमतका ज्ञानेन्द्रकुमार यादव (ज्ञानु) ले पाँच हजार २८८, स्वतन्त्र उम्मेदवार गोपालप्रसाद यादवले तीन हजार ६१८ र डा. प्रवीणकुमार यादवले पाँच सय ९४ मत प्राप्त गरे ।

सुझावित समाचार