सप्तरीमा जसपाले खोल्यो खाता, जनमतका जयकान्तलाई हराउँदै नवलकिशोर विजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

सप्तरीमा जनता समाजवादी पार्टी (जसपा) ले पनि खाता खोलेको छ। सप्तरी १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका नवलकिशोर साह निर्वाचित भएका छन्।

 निर्वाचित साहले २३ हजार ५६४ मत प्राप्त गरे। निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका जयकान्त राउतले १९ हजार ९९२ मत प्राप्त गरे। मधेस प्रदेश सरकारका सामाजिक विकासमन्त्रीसमेत रहेका साह २०७४ मा सप्तरी १९२० बाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। 

जसपाको आधार क्षेत्र मानिने सप्तरीमा यसपालि प्रतिनिधिसभाको ४ र प्रदेश सभाको ८ गरी १२ पदमा ९ वटाको परिणाम आइसक्दा सप्तरीबाट निर्वाचित हुने उनी जसपाका एक्लो उम्मेदवार हुन्। पराजित भएका राउत जनमत पार्टीका अध्यक्ष डा सिके राउतका दाजु हुन्।

See More On

सुझावित समाचार