सप्तरीमा कांग्रेसले खोल्यो खाता

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

सप्तरीमा कांग्रेसले खाता खोलेको छ। सप्तरी ३ बाट कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको हो। यादवले निकटतम् प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीलाई हराएका छन्। 

यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार तीन सय मत प्राप्त गरे। यादवले यसअघि लगातार तिन  पटक सोही क्षेत्रबाट पराजय भोगेका थिए। उनी कांग्रेसका केन्द्रीय सदस्य समेत हुन्।

See More On

सुझावित समाचार