सिराहा १ (क) मा १७१ मतान्तरले एमालेका थारू निर्वाचित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

प्रदेशसभा सिरहा १ (क) मा नेकपा एमालेका राजेन्द्रप्रसाद चौधरी थारु एक सय ७१ मतान्तरले निर्वाचित भएका छन्। 

निर्वाचन अधिकृतको कार्यालय लहानका अनुसार बिहीबार अपरान्ह सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका थारु ११ हजार सात सय २१ मतसहित प्रदेश सभामा निर्वाचित भएका हुन्। 

थारुका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका सुनिलकुमार महतोले ११ हजार पाँच सय ५० मत ल्याएका छन् भने जनमत पार्टीका युगलकिशोर साह तीन हजार छ सय ८२ मतसहित तेस्रो स्थामा रहे। 

कुल ४९ हजार पाँच सय नौ मतदाता रहेको प्रदेशसभा १ ‘क’ मा कुल खसेको ३२ हजार एक सय ५७ मध्ये ३० हजार आठ सय ५४ सदर र एक हजार तीन सय तीन मत बदर भएको सूचना अधिकारी अनिल रेग्मीले जानकारी दिए।

See More On

सुझावित समाचार