सिराहा १ मा एमालेका रामशंकर यादव निर्वाचित

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

सिराहाको प्रतिनिधिसभा सदस्य क्षेत्र नं. १ मा नेकपा एमालेका रामशंकर यादव दुई हजार ८३ मतान्तरसहित निर्वाचित भएका छन्। मत गणनाको अन्तिम परिणामअनुसार एमालेका यादव २९ हजार चार सय ४२ मतसहित निर्वाचित भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पदमनारायण चौधरीले २७ हजार तीन सय ७९ मत प्राप्त गर्दा जनमत पार्टीका युगलकिशोर साह छ हजार आठ सय ४९ मतसहित तेस्रो स्थानमा रहे।

See More On

सुझावित समाचार