सर्लाही क्षेत्र नम्बर १ (क) मा नेकपा एमालेलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार जवाहरलाल कुशवाहले बाजी मारेका छन्।
स्वतन्त्र उम्मेद्वार कुशवाहले १ हजार ४ सय ३० मतान्तरले नेकपा एमालेका उम्मेद्वार गणेशप्रसाद प्रसाईंलाई पराजित गरेका हुन्। कुशवाहले १६ हजार ५ सय ९१ मत प्राप्त गर्दा एमालेका प्रसाईले १५ हजार १ सय ६६ मत मात्र प्राप्त गरे।
नेकपाका प्रसाईं र स्वतन्त्र उम्मेद्वार कुशवाहबीच मतगणना अवधि भर निकै रोचक प्रतिस्पर्धा देखियो। यस्तै तेस्रो स्थानमा देखिएको एकीकृत समाजवादी पार्टीका उम्मेद्वार डिल्लीप्रसाद उप्रेतीले ५ हजार ३ सय ५४ मत मात्र प्राप्त गरे।
विजयी भएका कुशवाहलाई केही समय पहिला मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए।
गठबन्धनका कारण यस प्रदेश एकीकृत समाजवादीलाई परेको थियो। त्यसपछि माओवादी नेता कुशवाहले स्वतन्त्र उम्मेदवारी दिएका थिए। योसगैँ सर्लाही क्षेत्र नम्बर २ को दुई प्रदेशको मात्र अन्तिम नतिजा आउन बाँकी छ।