१५ सय मतान्तरले काभ्रेमा गोकुल बास्कोटाको अग्रता

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

काभ्रेपलाञ्चोक २ मा एमाले उम्मेदवार गोकुल बास्कोटाले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार उनी करिब १५ सय मतान्तरले अगाडि छन् । 

बास्कोटाले २७ हजार १८२ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी कांग्रेसका शिव प्रसाद हुमागाईंले २५ हजार ६४९ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६ हजार ५०३ मत पाएका छन् ।

सुझावित समाचार