मकवानपुर २मा एकिकृत समाजवादीका खतिवडालाई हराउँदै एमालेका बर्तौला बिजयी

बिहिबार, ८ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार महेश बर्तौला बिजयी भएका छन् ।

बर्तौलाले नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई चार हजार पाँच सय २० मतान्तरले पराजित गर्दै पहिलोपटक प्रतिनिधि सभाको यात्रा तय गरेका हुन् ।
कुल ८६ हजार ३१ मत खसेकोमा बर्तौलाले ३४ हजार नौ सय १६ मत पाउदा खतिवडाले ३० हजार तीन सय ९६ मत पाए । 

खतिवडा यसअघिका निर्वाचनहरुमा लगातार चार पटक निर्वाचित भएका थिए ।

सुझावित समाचार