जनमत पार्टीले प्रदेश सभा सदस्यमा सप्तरीमा अर्को जित हासिल गरेको छ। सप्तरी क्षेत्र नम्बर ३ (ख)मा जनमत पार्टीका शम्भुकुमार साहले १० हजार ८६२ मत प्राप्त गर्दै जसपाका निर्वतमान प्रदेश सभा सदस्य विन्देश्वरप्रसाद यादवलाई पराजित गरेका हुन्।
यादवले १० हजार ८१४ मत पाउँदा नेपाली कांग्रेसका भगवतीप्रसाद यादवले ९२०१ र लोसपाका गजेन्द्र मण्डलले १४९० मत पाएका छन्।
यससँगै जनमत पार्टीले मधेशमा प्रदेश सभामा तेस्रो जित हासिल गरेको छ। सप्तरी क्षेत्र नम्बर २ (क)मा सतिश कुमार सिंह र २ (ख)मा महेशकुमार यादव विजयी भएका छन्।