मकवानपुर २: खतिवडाविरुद्ध अग्रता बढाउँदै बर्तौला

बुधबार, ७ मंसिर, २०७९
डिजिटल संस्करण

 प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ मा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता बढाएका छन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार रहेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाविरुद्ध एक हजार सात सय ५१ मतको अन्तर बनाएका छन् । 

एकीकृत समाजवादीका स्थायी समिती सदस्य खतिवडा एमालेका बर्तौलासँग लगातार पछि रहदै आएका छन् । खतिवडा बर्तौलासँगको मतान्तर कम गर्ने कसरतमा छन् ।  

कुल ३६ हजार पाँच सय ७४ मत गणना गर्दा खतिवडाले १३ हजार एक सय ४७ मत पाएका छन् भने एमालेका बर्तौलाले १४ हजार ८ सय ९८ मत ल्याएका छन् ।
यस्तै  राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ४ हजार नाै सय २६ मत ल्याएका छन् ।

सुझावित समाचार