काठमाडौं ३ : कांग्रेसको अग्रता कायमै, एमालेका राई २ हजार मतले पछाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

काठमाडौं ३ मा कांग्रेसले सुरुवातीदेखि नै गरेको अग्रतालाई कायम राखेको छ। 

हालसम्म गणना भएको २७ हजार ५१५ मतमध्ये कांग्रेसका उम्मेदवार सन्तोष चालिसेले १० हजार ६०१ ल्याएका छन्। एमालेका कृष्णबहादुर राई करिब दुई हजार मतान्तरले पछि छन्। 

उनले आठ हजार ३२ मत ल्याएका छन्। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले चार हजार २१८ मत ल्याएका छन्। अब ११ हजार ५१५ मत गन्न बाँकी छ। त्यहाँ कुल ३९ हजार ९० मत खसेको थियो।

सुझावित समाचार