बागलुङका दुई वटै क्षेत्रमा सत्ता गठबन्धनका साझा उम्मेदवारहरुको अग्रता कायमै छ।
बागलुङ–१ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र २ मा नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले अग्रता कायमै राखेका छन्। सुरुवाती चरणमा तेस्रो रहेका केसीले झण्डै १ हजार ५ सय मत गणनापछि अग्रता बढाएका हुन्।
केसी र पौडेलले एमालेका उम्मेदवारलाई पछि पार्दै निरन्तर अग्रता कायम राख्नु राखेका हुन्। बागलुङ–१ मा केसीले ३ हजार ८३४ मत प्राप्त गरेका छन भने एमालेका डा. सूर्य पाठकलले ३ हजार ५२८ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी भने तेस्रो स्थानमा छ। स्वतन्त्रका खिमानन्द कंडेलले २२६२ मत प्राप्त गरेका छन्।
बागलुङ–२ मा माओवादी केन्द्रका देवेन्द्र पौडेलले ७ हजार २५ मत ल्याउँदा एमालेकी मञ्जु शर्मा चालिसेले ५ हजार ६९२ मत ल्याएकी छन्।
बागलुङ–१ ९१० मा नेकपा एमालेका हिरा केसीले अग्रता लिएका छन्। केसीले कांग्रेसका दीपेन्द्रबहादुर थापा झिनो मतले पछाडी परेका छन्। केसीले ५ हजार १६४ मत प्राप्त गरेका छन भने थापाले ४ हजार ३५८ मत प्राप्त गरेका छन्।
बागलुङ १९२० मा भने कांग्रेसका डिल्लीराम सुवेदी ठुलो मतान्तरले अगाडी छन्। सुवेदीले ७ हजार ३९ मत प्राप्त गरेका छन भने नेकपा एमालेका नवराज पौडेलले ४ हजार ३२० मत प्राप्त गरेका छन्।
सुवेदी पौडेल भन्दा २ हजार ७१९ मतले अगाडी छन्। बागलुङ–२ ९१० मा कांग्रेसका जितबहादुर शेरचनले अग्रता लिएका छन्।
शेरचनले ६ हजार ५५७ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार प्रकाश घर्ती मगरले ५ हजार ५५३ मत ल्याएका छन्। घर्तिलाई नेकपा एमालेको सर्मथन रहेको थियो।
क्षेत्र नम्बर २ ९२० मा कांग्रेसका दोर्णकुमार कुँवर भारी मतले अग्रता लिएका छन्। कुँवरले ७ हजार ३३९ मत प्राप्त गर्दा एमालेका लक्ष्मण पुनले चार हजार ९१४ मत प्राप्त गरेका छन्।