महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धन उम्मेदवार गिरीराजमणि पोखरेल पछि परेका छन् । मतगणनाको सुरुवाती चरणमा अग्रता लिएका पोखरेलले दुई हजार एक सय ७१ मत ल्याउँदा प्रतिस्पर्धी एमाले उम्मेदवार लक्ष्मी महतोले दुई हजार आठ सय ३० मत ल्याएकी छिन् ।
माओवादी केन्द्रका नेता पोखरेलले ०६४, ०७० र ०७४ को निर्वाचन जितेका थिए । पटक–पटक मन्त्री भएका पोखरेलको महोत्तरी निर्वाचन क्षेत्र नम्बर १ मा बलियो पकड मानिन्छ ।