प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सोमबार रातीदेखि सुरु भएको मतगणनामा सिराहा क्षेत्र नम्बर १ मा नेकपा एमालेका रामशंकर यादवले तीन सय ५६ मतले अग्रता लिएका छन् ।
निर्वाचन सूचना अधिकारी अनिल रेग्मीका अनुसार मंगलबार बिहान साढे ९ बजेसम्मको मत परिणाम अनुसार कुल खसेको सदर मतमध्ये एमालेका यादवले २०४७, कांग्रेसका पदमनारायण चौधरीले १६९१ र जनमतका युगलकिशोर साहले २७२ मत प्राप्त गरेका छन् । मंगलबार बिहानसम्म मतगणना गरिएको कुल ४६३९ मतमध्ये ४४२४ सदर र २१५ बदर भएको सूचना अधिकारी रेग्मीले बताए ।