गुल्मीमा स्थगित अर्बेनीमा पुन: मतदान सुरु

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

गुल्मीमा गत ४ मंसिरमा स्थगित भएको क्षेत्र न १ को कालीगण्डकी गाउँपालिका २ अर्बेनी स्थित भगवती माबि मतदान स्थलमा पुन: मतदान सुरु भएको छ । कर्मचारीले प्रतिनिधिसभाको सट्टा प्रदेश सभाको मतपत्र दिएपछि विवाद हुँदा स्थगित मतदान मंगलबार सुरु भएको हो ।

(क) मतदान केन्द्रमा ३४५ र (ख) मतदान केन्द्रमा ३१९ मत खसेपछी गत आइतबार १ बजेर ३६ मिनेटबाट मतदान स्थगित भएको थियो । भगवती माबिमा मतदाता १३६९ रहेको मतदान अधिकृत नवराज भण्डारीले जानकारी दिए ।

अहिले क्षेत्र नं १ को मतगणना पनि रोकिएको छ । आज मतदान सकिने बित्तिकै मतगणना सुरु गरिने प्रमुख जिल्ला अधिकारी पुन्री बिक्रम पौडेलले जानकारी दिए ।

सुझावित समाचार