खोटाङमा माओवादी झिनो मतले अगाडि

मंगलबार, ६ मंसिर, २०७९
डिजिटल संस्करण

एउटा प्रतिनिधिसभा तथा दुईवटा प्रदेशसभा रहेको खोटाङमा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवारहरुको अग्रता कायमै रहेको छ। प्रतिनिधिसभामा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य एवं १ नं. प्रदेश सरकारका खानेपानी, सिचाइँ तथा उर्जामन्त्री रामकुमार राई ‘पासाङ’ले सुरुवाती चरणबाटै झिनो मतान्तरले अग्रता लिएका छन् ।  

तीन हजार एक सय ३९ मत गणना हुँदा मन्त्री पासाङले एक हजार चार सय ३१ तथा नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य विशाल भट्टराईले एक हजार तीन सय ६० मत प्राप्त गरेका गरेका छन् । मन्त्री पासाङ भट्टराईभन्दा ७१ मतले अगाडि देखिएका छन् ।  

सुझावित समाचार