मोरङको ४ मा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका माओवादी केन्द्रका अमनलाल मोदीले पाँच हजार सात सय ९२ मत ल्याई अग्रता कायमै राखेका छन् । उनी मत गणना भएदेखी निरन्तर अघि छन् । मोदी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।
उनलाइ नेकपा एमालेका विनोद ढकालले चार हजार एक सय ४९ मत ल्याइ पछयाइरहेका छन् । प्रदेश सभा १ मा कांग्रेसका गुरुराज घिमिरेले चार हजार एक सय ३६ मत ल्याई अग्रता लिएका छन् । प्रतिस्पर्धी एमालेका जयप्रकाश चौधरीले ३४ सय सात मत प्राप्त गरेका छन् ।
मोरङ ४ मा एक लाख १० हजार ९३ मतदातामध्ये ७४ हजार पाँच सय ५७ ले मतदान गरेका छन् ।