ललितपुर २ मा एमालेका महर्जन निर्वाचित

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

ललितपुर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका प्रेमबहादुर महर्जन निर्वाचित भएका छन्। निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार महर्जन १५ हजार ३५ मत प्राप्त गरी विजयी भएका हुन्।  

उनका प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले आठ हजार आठ सय ८६  मत प्राप्त गरे भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बुद्धरत्न महर्जनले आठ हजार छ सय ६६ मत प्राप्त गरे। 
    
साथै, सत्तागठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी(का कृष्णलाल महर्जनले आठ हजार दुई सय ६४ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रघुवरराज थापाले छ हजार छ सय ४६ मत प्राप्त गरे। 

तस्बिर : अमुल थापा/नयाँ पत्रिका 

सुझावित समाचार