मकवानपुर २ मा खतिवडाले लिए अग्रता

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुर क्षेत्र नम्बर २ मा एकीकृत समाजवादीका विरोध खतिवडाले अग्रता बनाएका छन्। चार हजार चार सय १७ मत गणना हुँदा खतिवडाले तीन सय १५ मतले अग्रता बनाएका हुन्।

उनले एक हजार नौ सय २० मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका महेश बर्तौलाले एक हजार ६ सय पाँच  मत ल्याएका छन्।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय एक ल्याएका छन्।

सुझावित समाचार