कास्कीमा तीन निर्वाचन क्षेत्रको मतगणना जारी रहेको छ। तीन क्षेत्रमध्ये क्षेत्र नम्बर २ को मतगणना सोमबार बिहानबाट सुरु भएको थियो भने अन्य दुई क्षेत्रमा दिउँसोबाट सुरु भएको हो ।
कास्की १ मा ८ सय ७२ मतगणना हुँदा एमालेका मनबहादुर गुरुङले तीन सय ८४ मतसहित अगाडि छन्। कांग्रेसका किशोरदत्त बरालले तीन सय ८१ मत ल्याएर गुरुङलाई पछ्याइरहेका छन् ।
त्यस्तै, कास्की २ मा तीन हजार चार सय ८९ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेलले एक हजार २८ मतसहित अग्रता लिएका छन् । कँडेललाई एमालेकी विद्या भट्टराईले ८ सय ४६ मतसहित पछ्याई रहेकी छिन। तेस्रो स्थानमा रहेका एकीकृत समावादीका श्रीनाथ बरालको पाँच सय ७४ र राप्रपाका सुवर्णराज पन्तले पाँच ४५ मत ल्याएका छन् ।
कास्की ३ मा दुई हजार पाँच सय ५६ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले अग्रता लिएका छन्। पौडेलले नौ सय २७ मत ल्याउँदा उनलाई पछ्याई रहेका एमालेका दामोदर पौडेल बैरागीले ८ सय ४४, माओवादीका रामजीप्रसाद बराल जीवनले तीन सय ५२ र राप्रपाका जगतप्रसाद सुवेदीले एक सय ५७ मत ल्याएका छन् ।