बाँके १ : बहालवाला मन्त्रीलाई उछिन्दै एमालेका ढकाल अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभा बाँके क्षेत्र नं. १ मा एमाले–राप्रपा गठबन्धनका एमाले उम्मेदवार सूर्य ढकालले सुरुवाती अग्रतालाई कायमै राखेका छन्। नरैनापुर गाउँपालिकाबाट सुरु भएको मत गणनामा एमालेका ढकालले सुरुवाती अग्रतालाई कायमै राखेका हुन्। 

एक हजार मत गणना हुँदा ढकालले ३७७, सत्तागठबन्धनबाट माओवादी केन्द्रका महेश्वरजंग गहतराजले १७७ मत पाएका छन्। गहतराजलाई जनता समाजवादी पार्टीका रामकुमार यादवले पछाडि पारेका छन्। यादवले १९९ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

त्यसैगरि, नागरिक उन्मुक्ति पार्टीका सुरेशकुमार चौधरीले ८५ र लोकतान्त्रिक समाजवादी पार्टीका रामचरण चौधरीले ८ मत पाएका छन्। 
 

See More On

सुझावित समाचार