सप्तरी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसलाई पछि पार्दै जनता समाजवादी पार्टी (जसपा)ले अग्रता लिएको छ । जसपाका उम्मेदवार नवलकिशोर साहले एक हजार एक सय ४१ मतका साथ अग्रता बनाएका हुन् ।
कांग्रेसका उम्मेदवार रामदेव साहले ८ सय ६७ मतका साथ दोस्रो र जनमत पार्टीका उम्मेदवार जयकान्त राउतले चार सय ४४ मतकासाथ तेस्रो स्थानमा छन् ।