मकवानपुर १ मा कमल थापाभन्दा डिना ५५० मतले अगाडि

सोमबार, ५ मंसिर, २०७९
डिजिटल संस्करण

मकवानपुर क्षेत्र नम्बर १ मा कांग्रेसका महालक्ष्मी उपाध्याय डिनाले अग्रता अग्रता कायमै राखेकी छिन्। 

२१२७ मत गणना गर्दा डिनाले ११९२ मत प्राप्त गरेकी छिन्। डिनालाई एमालेका उम्मेदवार राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापाले पछ्याइरेहका छन्।

उनले ६३८ मत पाएका छन् भने राप्रपाका दीपक सिंहले ६५ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा डिना, थापा र सिंहसहित १६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

१ लाख ५० हजार १५५ मतदाता रहेको मकवानपुर क्षेत्र नम्बरमा १ मा ४५ हजार ४५६ महिला र ४६ हजार १२३ पुरुष र ४ जना अन्य गरि ९१ हजार ५८३ जनाले मतदान गरेका छन्।
 

सुझावित समाचार