दाङ क्षेत्र नम्बर ३ को प्रतिनिधिसभामा कांग्रेसका दीपक गिरीले सुरुवाती अग्रता लिएका छन् । एक हजार तीन सय १८ मत गन्दा गिरी एक सय २३ मतले अघि छन् । उनले ६ सय ११ मत ल्याएका छन् भने एमालेकी कोमल वलीले चार सय ८८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।
क्षेत्र नम्बर १ मा एक लाख ३४ हजार सात सय ३३ मतदातामध्ये ८० हजार ७ सय मतदान भएको छ । त्यस्तै दाङ क्षेत्र नम्बर३ को प्रदेशसभा १ मा पनि गठबन्धनका डिल्ली चौधरी अगाडि छन् ।
एक हजार मत गन्दा चौधरीले पाँच सय ६० मत प्राप्त गरेका छन्, भने प्रतिद्वन्दी एमालेका घनश्याम पाण्डेले तीन सय ७९ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर एक सय ८१ रहेको छ । क्षेत्र नम्बर १ को लमही नगरपालिकाको हलमा मतगणना भइरहेको छ ।